ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्षको जेल सजाय

DaksuMedia bankbima
|
२०८२ मंसिर १०

काठमाडौं । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई त्यहाँको सर्वोच्च अदालतले २७ वर्षको जेल सजाय सुनाइएको छ। मंगलबार सर्वोच्च अदालतले उनलाई २७ वर्ष ३ महिनाको जेल सजायको फैसला सुनाएको हो।

बोल्सोनारोलाई विद्रोहको षड्यन्त्र गरेको र आफ्ना वामपन्थी प्रतिद्वन्द्वी लुला दा सिल्भाको हत्या घटनामा संलग्न रहेको आरोपमा अदालतले दोषी ठहर गरेको हो। न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले भने कि,’मुद्दाको अन्तिम निर्णय भइसकेको छ र अब पुनरावेदन हुन सक्दैन।’

पूर्वराष्ट्रपति ७० वर्षीय बोल्सोनारो राजधानी ब्रासिलियाको जेल चलान भएका छन्। घरमै नजरबन्दमा रहेको समयमा निगरानी मनिटर हटाएपछि उनलाई हिरासतमा लिइएको थियो। पछि उनले यसलाई खोल्ने प्रयास गरेको स्वीकार गरेका थिए । तर भाग्ने आफ्नो कुनै मनसाय नभएको उनले बताएका थिए।

Visited 9 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्