|
२०८२ आश्विन २७
काठमाडौं। सोमबारको शेयर बजारमा प्रि ओपनिङ सेसनमै २१ स्टकको मूल्य बढेको छ । आज सो सेसनमा नेप्से परिसूचक साढे १७ अंक बढेर बन्द भएको हो।
आइतबार ७८.८३ अंक घटेर २५०३.३५ विन्दुमा बन्द भएको नेप्से, सोमबार भने सोही सेसनमा १७.६५ अंक बढेर २५२१.०० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३.९८ अंक बढेको छ।
आज प्रि ओपन सेसनमा ४९ स्टकको ७७ पटकको कारोबारमा ४ करोड ९६ लाख ९ हजार ६४७ रुपैयाँबराबरको ९६ हजार ३७३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३१ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ। दशै पछाडि शेयर कारोबारले गति लिन नसकेपनि सोमबार भने शेयर बजार खुल्ने बित्तिकै लगानीकर्ताहरुमाझ खुशी छाएको छ ।
Visited 13 times, 1 visit(s) today



bankbima





तपाईको प्रतिक्रिया दिनुहोस्