सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको समीक्षा वर्षमा ५ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन

DaksuMedia bankbima
|
२०८२ श्रावण २८

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१ /८२ को चौथोे त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा वर्षमा कम्पनीले ५ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।


अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ८९ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको हो ।


यस्तै कम्पनीको रिटेन्ड अर्निङ ३६ करोड ६५ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ५० करोड २२ लाख रुपैयाँ रहेको छ । समीक्षा वर्षसम्म कम्पनीको महाविपत्ति कोषमा २२ करोड ९३ लाख रुपैयाँ रहेको छ । स्पेसल रिर्जभमा २ अर्ब ५५ करोड रहेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ४० करोड ३८ लाख रुपैयाँ रहेको थियो । अन्य इक्विटीमा ४४ करोड २२ लाख रुपैयाँ रहेको थियो । महाविपत्ति कोषमा १८ करोड ८९ लाख रुपैयाँ रहेको थियो । स्पेसल रिर्जभमा २ अर्ब ५५ करोड रहेको थियो

Visited 3 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्