|
२०८२ भाद्र ९
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२को तथ्यांक अनुसार बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा गरेको लगानी १० दशमलव ३ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा बीमा कम्पनी (जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन)ले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ६ खर्ब ६३ अर्ब ४२ करोड ७९ लाख रुपैयाँ लगानी गरेका छन्।
अघिल्लो आर्थिक वर्ष २०८०/८१मा बीमा कम्पनीहरुको लगानी ६ खर्ब १ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ थियो। पछिल्लो १ वर्षको अवधिमा बीमा कम्पनीहरुले बैंकहरुको मुद्दति निक्षेपमा गरेको लगानी १०।३ प्रतिशतले बढेको हो ।
Visited 3 times, 1 visit(s) today


bankbima










तपाईको प्रतिक्रिया दिनुहोस्