प्रोग्रेसिभ फाइनान्स लिमिटेडको संस्थापक समूहका २ लाख १ हजार ८६७ कित्ता सेयर बिक्रीमा

DaksuMedia bankbima
|
२०८२ श्रावण १९

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडको संस्थापक समूहका २ लाख १ हजार ८६७ कित्ता सेयर बिक्रीमा राखिएको छ।

सेयर खरिदका लागि आवश्यक निवेदन काठमाडौं, तीनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा ३५ दिनभित्र पेस गर्न सकिनेछ। हाललाई यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्।

यदि तोकिएको अवधिमा कुनै निवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई पनि सेयर खरिदका लागि अवसर खुला गरिने कम्पनीले जानकारी दिएको छ।

Visited 3 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्