|
२०८२ श्रावण २७
काठमाडौं। एनआईसी एशिया बैंक र माउन्टेन फरेष्ट रिसोर्ट एण्ड स्पामा बीच बैंकका ग्राहकलाई विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ।
सम्झौतासँगै बैंकका ग्राहकले पोखरामा रहेको माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा सेवा लिई डिजिटल भुक्तानी गर्दा बैंकका ग्राहकले उक्त रिसोर्टमा खाना तथा पेय पदार्थ, स्पा र आवास सेवा लिँदा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
सुविधाको उपभोगका लागि ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । रिसोर्ट र बैंक बीचको यस किसिमको सहकार्यले बैंकका ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
Visited 2 times, 1 visit(s) today


bankbima











तपाईको प्रतिक्रिया दिनुहोस्