हेमबहादुर मल्ल सम्मान २०८० पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाईप्रदान गरिने

DaksuMedia bankbima
|
२०८२ असार २४

नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा प्रदान हुँदै आएको हेमबहादुर मल्ल सम्मान यस वर्ष पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिने भएको छ।

मंगलबार काठमाडौंमा संघ र कर्पोरेशनले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई सो हेमबहादुर मल्ल सम्मान २०८० प्रदान गरिने जानकारी गराइएको हो।

कार्यक्रममा नेपाल जनप्रशासन संघका अध्यक्ष मधुरमण आचार्यले सार्वजनिक प्रशासन, न्यायिक नेतृत्व तथा संस्थागत विकासमा उहाँले पुर्‍याएको विशिष्ट योगदानको कदरस्वरूप सम्मान प्रदान गर्न लागिएको बताए।

सो कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष कृष्णहरि बास्कोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए।

पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई उक्त सम्मान विशेष समारोहबीच आगामी २०८२ साल असार २६ गते बिहीबार प्रदान गरिने जनाइएकोे छ। सम्मानमा अभिनन्दनपत्रसहित नगद दुई लाख रुपैयाँ समावेश गरिने जनाइएको छ।

सम्मानित हने श्रेष्ठको चयन लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित सम्मान छनौट समितिले गरेको हो। समितिमा संघका अध्यक्ष मधुरमण आचार्य, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, प्राध्यापक यशोदा काफ्ले, पूर्व सहसचिव जीवराज कोईराला सदस्य तथा संघका निवर्तमान अध्यक्ष कृष्णहरि बास्कोटा आमन्त्रित सदस्यको रूपमा सहभागी थिए।

कल्याण श्रेष्ठले कानुन र राजनीतिशास्त्रमा औपचारिक शिक्षा प्राप्त गरी जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालतमा न्यायाधीशका रूपमा सेवा गर्नुभएको थियो। उहाँ नेपालका २५औँ प्रधानन्यायाधीश हुनुहुन्थ्यो। द्वन्द्वपछिको संक्रमणकाल, बृहत शान्ति सम्झौता तथा संविधानसभाको निर्वाचनजस्ता ऐतिहासिक घटनाक्रममा उहाँको न्यायिक नेतृत्व विशिष्ट रहेको थियो। संक्रमणकालीन न्याय, समावेशी लोकतन्त्र, वातावरणीय न्यायलगायत विषयमा उहाँले प्रस्तुत गरेका विचार, अडान र ऐतिहासिक फैसलाहरूको उच्च मूल्यांकन गरिँदै यो सम्मान प्रदान गर्न लागिएको हो।

वि।सं। २०५७ सालदेखि प्रत्येक वर्ष प्रदान हुँदै आएको यो सम्मान यस पटक २१ औँ पटक प्रदान हुन लागेको हो। यसअघि सो सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेशप्रसाद मैनाली, दामोदर गौतम, डा। देवेन्द्रराज पाण्डे, कुलमन घिसिङ, डा। सन्दुक रुइत, डा. गौरीशंकर लाल दास, सूर्यनाथ उपााध्याय, गोरक्षबहादुर न्हुच्छे, भानुप्रसाद आचार्य र डा. भेषबहादुर थापा सम्मानित भइसक्नुभएको छ।

Visited 5 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्