सुनको मूल्य दुई लाख नजिक

DaksuMedia bankbima
|
२०८२ श्रावण ७

काठमाण्डौ ७ साउन २०८२- नेपाली बजारमा एक तोला सुनको मूल्य दुई लाख नजिक पुगेको छ। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक तोला सुनको मूल्य १ लाख ९७ हजार ६०० सय रुपैयाँ कायम भएको छ। 

पछिल्लो सातादेखि सुन-चाँदीको मूल्य निरन्तर बढ्दो क्रममा छ।सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज प्रतितोला चाँदी २ हजार  ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

Visited 2 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्