ललितपुर । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रथम खुलामुखी योजना सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड भएको छ ।
योजना व्यवस्थापकका प्रतिनिधिहरु, कोष प्रवद्र्धकका प्रतिनिधि, सिडिएस एण्ड क्लियरिङ्ग लि.का प्रतिनिधि तथा केही लगानीकर्ताहरुको उपस्थितिमा इकाई बाँडफाँड भएको हो ।
बाँडफाँडको नतिजा निष्काशन तथा बिक्री प्रबन्धक एवम् योजना व्यस्थापक सिटिजन्स क्यापिटलको वेभसाइड र सिडिएस एण्ड क्लियरिङ्ग लि.को वेभसाईडबाट हेर्न सकिन्छ ।
सिटिजन्स सदाबहार योजनामा २०८२ आषाढ १३ गते देखि आषाढ २७ गते सम्म इकाई सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।
यस खुलामुखी योजना सिटिजन्स सदाबहार योजना निष्काशन अवधिभित्र आवश्यकभन्दा २५ प्रतिशत बढी आवेदन परेको थियो ।
सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा सीईओ सबिर बादे श्रेष्ठ रहेका छन् ।
नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी हो । यो कम्पनीमा कर्मचारी संचय कोष तथा उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ ।
काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजी बजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको छ ।


bankbima











तपाईको प्रतिक्रिया दिनुहोस्