पुनर्बीमा कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

DaksuMedia bankbima
|
२०८२ श्रावण १५

ललितपुर । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको हिजोे बुधबार बसेको सञ्चालक समितिको बैंठकले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।
नेपाल बीमा प्राधिकरणले तय गरेको पुनर्बीमाको सीमा एंव व्यवसाय विस्तार गर्न र अन्तराष्ट्रिय बजारमा उपस्थिती बढाउन अर्थमन्त्रालयको स्वीकृत लिएर शत प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको कम्पनीले जनाउको छ ।


कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार पूँजी वृद्धि गर्ने भएको हो । प्राधिकरणको २०८१ पुस २५ गते गरेको निर्देशन अनुसार २०८२ माघ मसान्त भित्रै पूँजी वृद्धि गर्नु पर्ने कम्पनीले जानकारी गराएको छ ।


उक्त हकप्रद कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत लिइ नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएपछि जारी हुने छ ।

Visited 4 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्