चलचित्र अटिजम अब यु ट्युबमा

DaksuMedia bankbima
|
२०८२ श्रावण १

काठमाण्डौ १ साउन २०८२

रिच भिजन सिनेम्याक्स स्टुडियोको तर्फबाट साहित्यिक पत्रकार निबन्ध आचार्यको प्रस्तुति रहेको सन्देशमुलक चलचित्र अटिजम अब यु ट्युब च्यानलबाट प्रशारण हुने भएको छ ।

कपन बानेश्वर साहित्यिक साप्ताहिकको तेह्रौं वार्षिकोत्सबको अवसर पारेर साउन ५ गते सोमबार २ बजे kapan baneshwor sahityik च्यानलबाट सार्वजनिक हुने चलचित्र अटिजमका सह निर्देशक साहित्यकार तथा कलाकार विक्रम श्रेष्ठ सागरले जानकारी दिए ।

चलचित्रमा विक्रम श्रेष्ठ सागरको अलावा साहित्यकारहरु गङ्गा पौडेल ,प्राडा रामप्रसाद ज्ञवाली,शङ्कर भारती,वेदमणी घिमिरे,विष्णुबहादुर सिंह ,प्रभा श्रेष्ठ ,रामकुमार पण्डित ,सुशीला पौडेल ,पुण्यराज पुडासैनी ,राजबाबु श्रेष्ठ सागर,विजय कट्टेल,माधवलाल श्रेष्ठ ,दिवाकर शाह लगायतको अभिनय रहेको छ ।

कथा/ निर्माण : निबन्ध आचार्य ,सङ्गीत/ निर्देशन :केशव सान्दाइ,पटकथा/ सम्बाद: विक्रम श्रेष्ठ सागर,नृत्य:दीपक तामाङ ,छायांकन :तिलक गौतम रहेको चलचित्र अटिजममा सुशील पोखरेल,शुष्मा कार्की,प्रतीक शर्मा,सृष्टि आचार्य,करुणा पोखरेल,मिठुकृष्ण श्रेष्ठ ,पुष्कर जङ्गम,सौरव ढकाल,श्रद्धा कोइराला र अटिजम भएका सम्मान आचार्य सहित पचास भन्दा बढी नयाँ पुराना कलाकारहरुको अभिनय रहेको छ ।

Visited 13 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्