काठमाण्डौ २२ बैशाख २०८२
कपन डुबान समस्या समाधानको माग गर्दै बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुले काठमाडौं उपत्यका विकास प्राधिकरणको अनामनगरस्थित कार्यालयमा विरोध प्रदर्शन गर्दै धर्ना दिएका छन् ।नगर प्रमुख मिठाराम अधिकारी नेतृत्वको टोलीले कपन डुबान हुनुमा प्राधिकरण जिम्मेवार रहेको भन्दै धर्ना दिएको हो ।नगरपालिकाका प्रवक्ता तथा १० नम्बर वडाध्यक्ष नवराज भट्टराईले उपत्यका विकास प्राधिकरण तथा काठमाडौं जिल्ला आयुक्तको कार्यालयले बुढानीलकण्ठ क्षेत्रका योजनाहरूमा ढिलासुस्ती र गैरजिम्मेवारपूर्ण रवैया देखाएकाले धर्ना दिइएको बताए ।
नगरपालिकाका अनुसार कपन क्षेत्रमा डुबान समस्या हल गर्न झण्डै तीन वर्षअघि ठेक्का दिइएको आयोजनाले दुई वर्षमै सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म करिब ३० प्रतिशत मात्र काम भएको छ । ठेक्का सम्झौता गरेर प्राधिकरणले वास्तै नगर्दा काम नभएको भन्दै नगरका जनप्रतिनिधिहरु धर्नामा बस्न परेको उनले बताए ।कपन क्षेत्रका नागरिकले डुबान, दुर्गन्ध र जनस्वास्थ्य समस्याको सास्ती व्यहोर्दै आएका छन् ।धर्ना कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ का वडाध्यक्षहरू, पूर्व प्रदेश सांसद तथा स्थानीय बासिन्दाहरूको उपस्थिति थियो ।
नगर प्रमुख अधिकारीले नागरिकको अधिकार र जनसरोकारका विषयमा उदासीनता देखाउने कुनै पनि निकायको व्यवहार स्वीकार्य नहुने चेतावनी दिँदै, जबसम्म ठोस प्रतिबद्धता प्राप्त हुँदैन तबसम्म धर्ना जारी राखिने बताए ।



bankbima










तपाईको प्रतिक्रिया दिनुहोस्