आइतबार सार्वजनिक बिदा

DaksuMedia bankbima
|
२०८२ जेष्ठ १६

काठमाडौँ १६ जेठ २०८२-काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा दिएको छ। गृहमन्त्रालय आज एक सूचना जारी गर्दै मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राका दिन आइतबार काठमाडौं उपत्यका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो। मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको सूचनामा भनिएको छ,‘मिति २०८१/११/१५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका ३ ९तीन० जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा उक्त जात्राको अवसरमा मिति २०८२ साल जेठ १८ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

Visited 1 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्