|
२०८२ जेष्ठ ८
काठमाण्डौ ८ जेठ २०८२
अष्ट्रेलियामा बसोबास गर्ने नेपाली युवाहरूले प्रवासी नेपाली समुदायलाई एकताबद्ध बनाउन र आफ्नो सांस्कृतिक पहिचानलाई जोगाउन नयाँ सामाजिक सञ्जाल एप ‘के-छ’ (K-CHA) सार्वजनिक छन्।गरेका विदेशमा बसेर पनि आफ्ना साथीभाइ र परिवारसँग सहज रूपमा जडान हुने, नेपाली भाषा र संस्कृतिमा आधारित मनोरञ्जन र संवादको अवसर प्रदान गर्ने उद्देश्यले तयार गरिएको यो एपले नेपाली युवाबीच द्रुत रूपमा लोकप्रियता कमाइरहेको छ।
‘के-छ’ एपले विश्वभरिका नेपालीहरूलाई एउटै प्लेटफर्ममा ल्याएर आफ्ना अनुभव, विचार र रमाइला पलहरू साझा गर्ने अवसर दिन्छ। यो एप नेपाली भाषामा सहज इन्टरफेस र प्रयोगमैत्री डिजाइन भएकोले प्रवासी नेपालीहरूलाई आफ्नै भाषामा संवाद गर्न र नेपालीपनमा गर्व गर्न प्रेरित गर्दछ।
Visited 3 times, 1 visit(s) today


bankbima











तपाईको प्रतिक्रिया दिनुहोस्