एनएमबि बैंकद्वारा ऋणपत्र निष्कासनको अनुमति माग

DaksuMedia bankbima
|
२०८२ बैशाख १७

काठमाडौं  १७ बैशाख २०८२  एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गरेको छ । बैंकले ऋणपत्र निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा आवेदन दिएको छ।

बैंकले एनएमबी पावर बोन्ड वान नामक ऋणपत्र निष्कासन गर्ने योजना बनाएको हो, जसको कुल मूल्य ५ अर्ब रुपैयाँ हुनेछ र यो ५० लाख कित्तामा जारी छ।गर्नेछ ।

बैंकले १ हजार अंकित दरका ऋणपत्र निष्कासनको अनुमति माग गर्दै वैशाख ११ गते आवेदन दिइसकेको छ । धितोपत्र बोर्डबाट अनुमति पाएपछि, बैंकले व्यक्तिगत तवरबाट ३० लाख कित्ता र सर्वसाधारणका लागि २० लाख कित्ता ऋणपत्र जारी गर्ने योजना बनाएको छ।

ऋणपत्रको बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त गरेको छ। यो ऋणपत्रको अवधि ७ वर्ष हुनेछ र यसको वार्षिक प्रतिफल ७ प्रतिशत रहनेछ।

Visited 3 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्