सिभिल मलमा एससिटी–युपिआइ कार्डधारकहरूका लागि निःशुल्क पार्किङ सुविधा सुरु

DaksuMedia bankbima
|
२०८१ मंसिर १९

काठमाडौं १९ मंसिर २०८१-नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र काठमाडौँको मुटु सुन्धारामा रहेको सिभिल मल बिच एससिटी–युपिआइ कार्डधाराकहरूका लागि निःशुल्क पार्किङ सेवा सुरु भएको छ ।

यस सेवा अन्तर्गत SCT–UPI कार्डधाराकहरूले आफ्नो SCT–UPIकार्ड देखाएर सिभिल मल, सुन्धाराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा लिन सक्नेछन् । डिसेम्बर १, २०२४ ९मङ्सिर १६, २०८१० देखि सुरु भएको यो सेवा हाललाई ६ महिना सम्म लागु हुनेछ ।

SCT-UPI डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले SCT को कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सक्नेछन् ।

Visited 9 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्