नयाँ बानेश्वर व्यापार व्यवसायी संघले सार्वजनिक गर्यो चार्डबाड विशेष उपहार योजना

DaksuMedia bankbima
|
२०८१ आश्विन ७

काठमाडौँ, ७ अशोज २०८१

नयाँ बानेश्वर व्यापार व्यवसायी संघले नेपाली हिन्दूहरुको महान् चाड दशैं, तिहार, छठ, नेपाल संवत् लगायतका पर्वहरूलाई लक्षित गर्दै ‘बानेश्वरमा चाडवाडको बहार, समान खरिदमा उपहारै उपहार’ भन्ने नारा सहित उपहार योजना सार्वजनिक गरेको छ। आर्थिक मन्दीको चुनौतीपूर्ण घडीमा व्यवसायीहरूको आर्थिक स्थायित्व र प्रगतिको उद्देश्यले यो कार्यक्रम असोज ७ देखि कात्तिक २२ सम्म सञ्चालन रहने संघले जनाएको छ।

यस कार्यक्रम अन्तर्गत बानेश्वर क्षेत्रका ४ पसलबाट समान खरिद गर्ने प्रत्येक ग्राहकले उपहार कुपन प्राप्त गर्नेछन्। गोला प्रथाद्वारा चयन गरिएका ३० जना भाग्यशाली ग्राहकहरूले आकर्षक उपहारहरू प्राप्त गर्नेछन्। पहिलो उपहार मोटरसाइकल, दोस्रो उपहार ५५ इन्चको टेलिभिजन, तेस्रो उपहार २५३ लिटरको फ्रिज, चौथो उपहार ८ केजीको वाशिङ मेशिन लगायत अन्य उपहारहरू छन्।

अधिक कुपन प्राप्त गर्न ग्राहकले बढी रकम वा पटकपटक समान खरिद गर्नुपर्नेछ, जसले उपहार जित्ने सम्भावना बढाउँछ। स्थानिय व्यवसायीको प्रवर्धन र संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले संघले यस अवसरको फाइदा उठाउन पत्रकार सम्मेलनमा मार्फत संघले सबैलाई आग्रह गरेको छ

Visited 5 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्