एभरेष्ट बैंकले गर्‍यो लाभांश घोषणा

DaksuMedia bankbima
|
२०८१ भाद्र २३

एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

जसमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ।

आज (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। योसंगै लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरूमा एभरेष्ट पहिलो बैंक बनेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल बैंकको चुक्ता पूँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८८० रहेको छ। १० प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार २६८ रुपैयाँ पुग्नेछ

Visited 3 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्