☰ open

एनसीएचएल र आइएमएस सफ्टवेयर बीच नेपालपे क्युआर इन्टिग्रेट गर्नको लागी सम्झौता

८ महिना
bankbima

काठमाण्डौ ६ साउन २०८१– नेपालक्लियरिङ्ग हाउस लि.(एनसीएचएल) र आइएमएस सफ्टवेयर प्रा. लि.( IMS आइएमएस)बीचआइएमएसको बिलिङ्गसफ्टवेयरमा डाइनामिक नेपालपे क्युआर इन्टिग्रेट गर्नको लागी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र आइएमएसका प्रबन्धनिर्देशक सन्तोश ताम्राकारले हस्ताक्षर गरेका हुन् । यस साझेदारी पश्चात् आइएमएसका ग्राहकहरुले आफ्नो बिलिङ्गसफ्टवेयरमा नेपालपे क्युआर इन्टिग्रेट गरी आफ्नो तोकिएको बैंक खातामा सोझै भुक्तानी प्राप्त गर्न सक्दछन् ।

यस सेवाको सुरुवात सँगै IMSबिलिङ्गसफ्टवेयर प्रयोग गरीमर्चेन्टहरुलाई नेपालपे क्युआर मार्फत् सहज रुपमा भुक्तानी प्राप्त गर्ने सुविधाहुनुका साथै भुक्तानीकर्ताले पनि सजिलै आफ्नो मोबाइल बैंकिङ्ग,वालेट वा कनेक्टआइपिएस मार्फत भुक्तानी गर्न सक्नेछन् ।
आइएमएस सफ्टवेयर प्रा. लि.नेपालको एक अग्रणी सफ्टवेयर कम्पनीहो । आइएमएसले आफ्ना ग्राहकहरुकालागि बिलिङ्ग सफ्टवेयरका साथै सेल्स पिओएस सिस्टम पनि प्रदान गर्दै आएको छ । आइएमएसले विभिन्न क्षेत्र, रिटेल बिजनेस, मर्चेन्ट गरी नेपाल,भारत,मलेसिया र जापानलगायतका देशहरुमा२०,००० भन्दा बढि ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
NEPALPAY QR च्नेशनल पेमेन्ट स्वीचअन्तर्गत QRच्भुक्तानीलाई एपवामर्चेन्ट वा नेटवर्क लेभलमा अन्तर आबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो ।

मर्चेन्ट र व्यवसायीहरुले NEPALPAY QR मा आबद्ध भई ग्राहकहरुबाट QRमार्फत भुक्तानीप्राप्त गर्नका लागिआफ्नो बैंक तथावित्तीय संस्थामा सम्पर्क गर्न सक्छन् । QR स्ट्यान्डी उपलब्ध गराई वाआफ्नो बिलिङ्ग सिस्टममा डाइनामिकQR इन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमाQR गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्तभुक्तानी सेवा सुचारु गर्न सकिन्छ । हालै भ्वाइसमा आधारित QRनोटिफिकेशन पनि केहि बैंक वित्तीय संस्थाहरुले उपलब्ध गराइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया