☰ open

सूर्यज्योति लाइफको सुबिधायुक्त क्यू आर सेवा संचालनमा

१ महिना
bankbima

काठमाडौं २७बैशाख २०८१-सूर्यज्योति लाइफले आफ्ना प्रबिधिमैत्री सेवाहरुलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरुका लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा Dynamic QR Payment System संचालनमा ल्याएको छ।Dynamic QR Payment Systemको उपयोगले बीमितहरुले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज तवरले भुक्तानी गर्न सक्नेछन उक्त भुक्तानीको Notificationर अन्य विवरण मोबाईल एप मार्फत हेर्न मिल्ने व्यवस्था रहेको छ।
Dynamic QR Payment System मा विभिन्न बैंकको नियमानुसार अधिकतम रु। ३ लाख सम्मको भुक्तानी गर्न मिल्ने सुबिधा रहेको र Fone pay को माध्यम प्रयोग गर्ने कुनै पनि बैंक, सहकारी वा Connect Ips APPलगायत अन्यDigital माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री भन्नुहुन्छ “अरु क्षेत्रमा Dynamic QRपहिलेदेखि नै प्रचलनमा भए पनि जीवन बीमाक्षेत्रमा भने यो नयाँ अभ्यास हो ।

हरेक ग्राहकका लागि फरकफरक QR बन्ने र भुक्तानी गर्नासाथ आफैँ सिस्टममा अपडेट हुने यसको विशेषता हो । यस Dynamic QR Payment Systemको मद्दतले सेवाग्राहीहरुले घरमै बसी आफ्नो मोबाईल अथवा सूर्यज्योति लाइफको वेबसाईट मार्फत् आफ्नो विवरण भरि यस Dynamic QR प्राप्त गर्ने र सो Dynamic QR Scanगरि छिटो छरितो रुपले बीमाशुल्क भुक्तानी गर्न सक्नुका साथै भुक्तानीको विवरण सेवाग्राहीहरुले तुरुन्तै क्ःक् मार्फत प्राप्त गर्न सक्नुहुनेछ ।”यो सुविधा लिन हाम्रा बिमितहरुले देश भरि रहेका १७८ शाखा कार्यालयहरु वा आफैले घरमै बसेर सूर्यज्योति लाइफको वेवसाइटमा गई services option वा https://services.suryajyotilife.com/र मा आफ्नो बीमालेख र पोलिसी नम्बर राखी सजिलै लिन सक्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया