नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुद नाफा १ अर्ब ८० करोड

DaksuMedia bankbima
|
२०८० माघ १०

काठमाडौँ १० माघ २०८०।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ८० करोड १९ लाख ४४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८ करोड ४३ लाख ६३ हजार रुपैयाँले कम हो । बैंकले गत वर्षको सोही अवधिमा २ अर्ब ८ करोड ६३ लाख ७ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस्तो नाफा आर्जनका लागि बैंकले यो अवधिसम्ममा ७ अर्ब ७४ करोड ३८ लाख २८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो यस्तो ब्याज आम्दानी गत वर्षको सोही अवधिमा ४ अर्ब १८ करोड ६३ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

यो वर्ष बैंकले गत वर्षको तुलनामा ब्याज आम्दानी ३ अर्ब २९ करोड रुपैयाँले बढाउन सफल हुँदा पनि बैंकको खुद नाफा भने घट्न पुगेको छ ।

यो बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा २६ अर्ब ७ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

बैंकले यो अवधिमा ३ खर्ब ८९ अर्ब ०३ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब १२ अर्ब ६० करोड ७४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो बैंकको खराब कर्जा चालू आवको ६ महिनासम्ममा ४.७५ प्रतिशत रहेको छ । यस्तो खराब कर्जा गत वर्षको सोही अवधिसम्ममा ३.७१ प्रतिशत मात्रै थियो ।

यो बैंकले प्रतिशेयर आम्दानी १० रुपैयाँ ६ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १७०.७ रुपैयाँ छ ।

Visited 8 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्