नेशनल लाईफद्वारा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान

DaksuMedia bankbima
|
२०८० मंसिर १९

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरूलाई कोशी टप्पु भ्रमण गराएको छ । कम्पनीको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्ने अभिकर्ताहरूले कोशी टप्पुको भ्रमण लगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरू सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ६०० जना भन्दा बढी वरिष्ठ अभिकर्ताहरूले कार्यक्रममा सहभागिता जनाएका थिए ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई सम्मान गरिएको थियो । खत्रीले सम्मानित हुन सफल अभिकर्ताहरूलाई गिफ्ट भौचर र अवार्ड प्रदान गरेका थिए

Visited 6 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्