ज्योति विकास बैंकको १५ औं वार्षिकोत्सव सम्पन्न

DaksuMedia bankbima
|
२०८० श्रावण १०

काठमाडौं १० साउन २०८०-ज्योति विकास बैंकले श्रावण ९ गते मंगलबारको दिन स्थापनाको १५ औं वार्षिकोत्सव कमल पोखरीस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरी मनाएको छ । बैंकका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्व रहेको कार्यक्रममा बैंकको सञ्चालक समितिका सदस्यहरु, भुतपूर्व सञ्चालकहरु, कर्मचारी र ग्राहकहरुको उपस्थिति रहेको थियो । बैंकका प्रमुखकार्यकारी अधिकृत श्रीचन्द्र भट्टले स्वागतल मन्तव्यका साथ कार्यक्रमको शुभारम्भ गरेका थिए ।बैंकले वार्षिकोत्सवको दिन नख्ख स्थित आफ्नो १२१ औं शाखाको पनि औपचारिक समुद्घाटन गरेको छ ।

अध्यक्ष हरि चन्द्र खड्का(ले डिजिटल प्रविधिमार्फत ताम्रपत्र अनावरण गरी शाखाको समुद्घाटन गरेका हुन् । सोही क्रममा उपस्थित सबैलाई नख्खु शाखाको डिजिटल माध्यमबाट भर्चुअल टुर गराइएको थियो । नख्खु शाखा उद्घाटन पश्चात् उपत्यका र उपत्यका बाहिर गरी ज्योतिविकास बैंकको १२१ वटा शाखाकार्यालय, ३ वटा विस्तारित काउन्टर तथा७५ वटा एटीएम पुगेको छ ।कार्यक्रममा बैंकमा १० वर्ष तथा १५ वर्ष देखि अनवरत रूपमा कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ । अध्यक्ष श्री हरि चन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले संयुक्त रुपमाल कर्मचारीहरुलाई पदकतथा कदर–पत्रप्रदान गरेका थिए ।


१५औं वार्षिकोत्सवको अवसरमा बैंकले ग्राहक वर्गहरुको आवश्यकतालाई मध्यनजरमा राखी १५ रुपैंयामा अतुलनीय विशेषता सहितको“क्गउभच क्mबचत क्बखष्लनक ब्अअयगलत”सार्वजनिक गरेको छ । साथै यहि अवसरमा साउन १४ सम्म ज्योतिविकास बैंकको खाता इसेवामा लिंक गर्ने सम्पूर्ण ग्राहकहरुलाई रु.१५० बोनस तथा खल्ती ब्उउ संग पहिलो पटक ज्योतिविकास बैंकको खाता लिंक गर्ने ग्राहकलाई रु. १०० बोनस प्राप्त हुने व्यवस्थ मिलाएको छ ।१५औं वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु समेत आयोजना गरेको छ । रक्तदान, वातावरण सरसफाई सम्बन्धि कार्यक्रम, वृक्षारोपण जस्ता विभिन्नक र्यक्रमहरु आयोजना गरिएको छ। साथै , बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहकवर्ग र कर्मचारीहरुका लागि निःशुल्क मेहेन्दी कार्यक्रम पनि आयोजना गरेको छ ।


कार्यक्रममा अध्यक्ष हरि चन्द्र खड्काले मन्तव्य प्रस्तुतगर्दै बैंकको १५ वर्षको गौरवपूर्ण यात्रालाई सफल र फराकिलो बनाउन योगदानद समस्त ग्राहकवर्ग, शेयरधनीहरू, नियामक निकायहरू, कर्मचारीहरू लगायत सम्पूर्ण शुभेच्छुकहरु प्रति अत्यन्त अनुगृहीत रहँदै हार्दिक कृतज्ञता ज्ञापन गर्दै अबको यात्रामा पनि सोहि अनुरुपको सहयोग प्रदान गर्न आह्वान गरेका छन् । अध्यक्ष खड्काले आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले बैंक स्थापनाको परिकल्पना गर्ने संस्थापक सञ्चालकहरु, पूर्व अध्यक्षहरु, कर्मचारी, शेयरधनी र ग्राहकवर्गहरुलाई आभार व्यक्त गरेका थिए ।


प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्टले बैंककाविभिन्नकार्यक्रमउपलब्धि र संस्थागत सामाजिक उत्तरदायित्वमा बैंकले बोकेको उद्देश्य र ध्येय प्राप्तिमा थप सशक्त हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।साथै,कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले बैंकले केन्द्रको न्यानो नानी परियोजनामा गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गरेका थिए र आगामी दिनमापनि यस्तै उदाहरणीय कार्यलाई निरन्तरता दिन अनुरोध गरेका छन् ।आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तमहित सदा उच्च प्राथमिकतामा राखेको छ ।

Visited 5 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्