काठमाडौँ १५ साउन २०८०-नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपालइन्भेष्टमेन्ट बैंक लिमिटेड) द्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्र्तगतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेका एनआईएमबी एस क्यापिटल लिमिटेड (साविकको एनआईबीएल एस क्यापिटल लिमिटेड) र गोल्छा ग्रुपअन्तर्गत सचांलित कम्पनीहरु हिम इलेक्ट्रोनिक्स् प्रा.लि. र हंसराज हुलास चन्द एन्ड को.प्रा.लि.बिच एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबीएल सहभागिता फण्डमा “CorporatePayroll SIP”लगानी गर्ने उद्देश्यका साथएक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता अन्तर्गतहिम इलेक्ट्रोनिक्स् प्रा.लि. तथा हंसराज हुलास चन्द एन्ड को.प्रा.ली. का कर्मचारीहरुले आफ्नो ईच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना (SIP) मार्फत लगानी गर्न सक्नेछन् ।
उक्त सम्झौतामा हंसराज हुलास चन्दएन्ड को.प्रा.लि.का तर्फबाट कम्पनिका सहायक महाप्रबन्धक – एच.आर. नीता राणा , तथा हिम इलेक्ट्रोनिक्स् प्रा.लि.का तर्फबाट उप–प्रबन्धक नीलम केसी एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।
उक्त हस्ताक्षर समारोहमा एनआर्इिबएल एस क्यापिटल लिमिटेडका तर्फबाट म्युचुअल फण्ड प्रमुख पोस्कर बस्नेत, हंसराज हुलास चन्दएन्ड को.प्रा.ली.का तर्फबाट सहायक महाप्रबन्धक – अकाउन्ट एण्ड फाइनान्स सन्तोष प्रसाद घिमिरे तथा हिम इलेक्ट्रोनिक्स्प्रा.लि.कातर्फबाट वित्त नियन्त्रक– अकाउन्ट एण्ड फाइनान्स योगेश चन्द्रपन्तको पनि उपस्थिती रहेको थियो ।



bankbima











तपाईको प्रतिक्रिया दिनुहोस्