ग्लोबल आइएमई बैंकले वृक्षारोपण गरी मनायो विश्ववातावरण दिवस

DaksuMedia bankbima
|
२०८० जेष्ठ २३

काठमाडौं २३ जेठ २०८०-ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा वृक्षारोपण गर्दै विश्ववातावरण दिवश मनाएको छ ।बैंकले “एककर्मचारी, एक विरुवा रोपण” अभियान अन्तर्गत सातवटै प्रदेशमा विभिन्न प्रजातिक उन्नतबोट÷बिरुवाहरु रोपेर विश्ववातावरण दिवस मनाएको हो ।

बैकले मोरङ्गको विराटनगर एयरपोर्ट रोड, सिराहाको मिर्चैया, काठमाडौंको टोखा स्थितलाखे डाँडा, कास्कीको पोखरा रङ्गशाला परिसर, रूपन्देहीको तिलोत्तमा सामुदायिक पार्क र सुर्खेतको विरेन्द्रनगर चौहान पार्कमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।

बैंकले आयोेजना गरेको यस वृहत वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारीहरु, स्थानीय नागरिक लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहेको थियो ।बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस किसिमका विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता दिंदै आएको छ ।

Visited 2 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्