आइएमई पे र निसर्ग अस्पतालबीच सम्झौता

DaksuMedia bankbima
|
२०८० जेष्ठ १७

काठमाडौं  १७ जेठ २०८०-आइएमई पे’र निसर्ग अस्पतालबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।सम्झौता अनुसार अब निसर्ग अस्पतालमा आइएमई पे मार्फतल भुक्तानी गर्ने ग्राहकहरुले २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन्।

सम्झौता पत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थराज पन्त र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता अन्तर्गत निसर्ग अस्पतालको विभिन्न सेवा सुबिधा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा सुबिधा बमोजिम ५ देखि २५ प्रतिशत सम्म छुट प्रदान गरिनेछ।सो छुट १ वर्षका लागि लागु हुनेछ ।

Visited 4 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्