काठमाडौँ ४ बैशाख २०८०-“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यसमहालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।
बैंकको बानेश्वर शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं ३२, सुविधा नगरमा अवस्थित तिनकुने टोल सुधार समितिलाई पचास थान डस्टविन हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । काठमाडौं महानगरपालिका वडा नं ३२ भित्रको फोहोर व्यवस्थापन गरी सफा तथा सुन्दर काठमाडौं बनाउन मद्दत पु¥याउने उद्देश्यले बैैंकले उक्त सहयोग प्रदान गरेको हो । बानेश्वर शाखाका प्रमुख विकाश रावलले तिनकुने टोल सुधार समितिका अध्यक्ष विश्वराज कार्कीलाई सामाग्री हस्तान्तरण गरेका थिए ।
त्यसैगरि बैंकको वीरगंज शाखाद्वारा अलखियामठ संचालक समितिलाई खानेपानीको ट्याङ्की तथा डस्टविन हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । अलखिया मठमा दर्शन गर्न आउने दर्शनार्थी तथा भक्तजनहरुका लागि खानेपानीको आवश्यकता परिपुर्ति गर्ने हेतुले बैंकले समितिलाई उक्त सहयोग गरेको हो । वीरगंज शाखाका प्रमुख पुरुषोत्तम अधिकारीले अलखिया मठ संचालक समितिका अध्यक्ष सुपेन्द« बहादुर श्रेष्ठलाई सामाग्री हस्तान्तरण गरेका थिए ।
उल्लेखित कार्यक्रम सँगसगै बैकको बिच बजार–धादिङ्ग शाखाद्वारा निलकण्ठन गरपालिकावडा नं ७ मा अवस्थित कर्णेश्वर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्री हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । विद्यालयमा अध्ययनरत गरीब, तथा न्यून आयस्रोत भएका परिवारका बालबालिकाहरु मध्येबाट गरीब तथा जेहेन्दार पाँचजना विद्यार्थीहरुलाई शैक्षिक आवश्यकता पुरा गर्न सहजता मिलोस भन्ने उद्देश्यले बैंकले उक्त छात्र वृत्र ीप्रदान गरेको हो । बिच बजार–धादिङ्गशाखाका प्रमुख खिल प्रसाद सिलवालले विद्यालयका प्रधानाध्यापक विष्णुहरी अधिकारीलाई छात्रवृत्री बराबरको रकमको चेक हस्तान्तरण गरेका थिए ।
आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैैकले जनाएको छ ।



bankbima










तपाईको प्रतिक्रिया दिनुहोस्