मर्मत सम्भारका लागि मनकामना केबुलकार सेवा बन्द रहने

DaksuMedia bankbima
|
२०७९ चैत्र १९

काठमाडौं १९ चैत्र २०७९-नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको टावर मर्मत सम्भार कार्यको लागि यहि चैत्र २२ गते बुधबार १ दिनको लागि केवुलकार सेवा बन्द हुने भएको छ ।

जस अनुसार केवुलकार टावरको मर्मत संभार सकिए लगत्तै चैत्र२३ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ ।

उत्त mअवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ ।कम्पनीले मनकामना केवलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तर उन्नती गरेको छ ।साथै यसबाट यात्रु महानुभाबमा पर्न जाने असुबिधाको लागि कम्पनि क्षमा प्राथी रहेको छ ।

Visited 1 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्