काठमाडौं २० चैत्र २०७९।ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक गरेको छ ।यो योजना अन्र्तगत बैंकका ग्राहकहरुले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २०प्रतिशत सम्म क्यास ब्याक पाउनेछन ।
बैंकले मोबाइल बैंकिङ्ग एप्लिकेशन–ग्लोबल स्मार्ट प्लसबाट तथा क्यूआर मार्फत गरिने भुक्तानी प्रकृयालाई प्रवर्द्धन गर्नका लागि यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।यस हृयाप्पी आवर्स योजना अन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा ग्राहकहरुले क्यासब्याक पाउनेछन । २०७९ साल चैत्र १९ देखि २०८० वैशाख १६गते सम्म दिन विशेष रुपमा चल्ने यस योजनामा प्रति ग्राहक दिनको पहिलो भुक्तानी÷ कारोबार प्रति दिन एक कारेबारको मात्र क्यास ब्याकका लागि योग्य हुनेछ ।
यो योजनाअन्तर्गत आइतबार बेलुका ७ देखि १० सम्म मोबाइल डाटा चलाउन डाटा प्याक खरिद गर्दा २० प्रतिशतसम्म (अधिकतम रु. १००) क्यासब्याक पाउने छन ।यसै गरि,सोमबार बेलुका ७ देखि १० सम्म टिभिको बिल भुक्तानीमा पैसा तिर्दा २० प्रतिशत सम्म (अधिकतम रु. १००) क्यास ब्याक पाउनेछन ।
त्यस्तै, मंगलबार बेलुका ७ देखि १० सम्म इन्टरनेटको बिल तिर्दा २० प्रतिशतसम्म (अधिकतम रु. १००)क्यास ब्याक पाउने छन ।एव्म रितले, बुधबार बेलुका ७ देखि १० सम्म हवाई जहाजको टिकट खरिद गर्दा २० प्रतिशतसम्म (अधिकतम रु. २००)क्यास ब्याक पाउने छन। अन्त्तह, शनिबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म केबलकारको टिकट खरिद गर्दा २० प्रतिशतसम्म (अधिकतम रु. २००)क्यास ब्याक पाउने छन ।आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्ष रुपमा लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।



bankbima











तपाईको प्रतिक्रिया दिनुहोस्