|
२०७९ चैत्र २६
काठमाडौं २६ चैत्र २०७९ ।आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको“आइएमईपे”ले प्रदान गर्ने बीमा सेवा भुक्तानी अन्तर्गत अब सेवाग्राहीहरुले सजिलै आइएमई लाईफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नविकरण गर्न सकिने भएको छ।
सेवा ग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एप मार्फत“इन्स्योरेन्स”को“पे प्रिमियम“मा गई‘आइएमर्ई लाईफ नविकरण”क्लिक गरि मागिएको विवरण प्रदान गरि केहि सेकेन्डमै आफ्नो पोलिसी नविकरण गर्न सक्नेछन्।
उक्त सेवा ग्राहकहरुलाई भौतिक रुपमा बीमा कार्यालय जान नपर्ने र समयमै बीमा नविकरण गर्न प्रोत्साहान गर्ने उदेश्यका साथ उपलब्ध गरिएको हो।
Visited 1 times, 1 visit(s) today


bankbima









तपाईको प्रतिक्रिया दिनुहोस्