बिपिडब्लु लघुवित्त वित्तीय संस्था र मेगा क्यापिटल मार्केट्स बीच शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने बारे सम्झौता

DaksuMedia bankbima
|
२०७९ चैत्र १६

काठमाण्डौ १६ चैत्र २०७९ ।बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । हिजो एक कार्यक्रमकाबीच बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिलिपकुमार पोखरेल र मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा मेगा क्यापिटल मार्केट्स लिमिटेडका मार्केटिङ्ग डिपार्टमेन्ट हेड गिरी राजपोखरेल र मर्चेन्ट बैकिङ्ग इन्चार्ज मनिषादाहालको समेत उपस्थिति रहेको थियो ।

सम्झौतासँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु मेगा क्यापिटल मार्केट्स लिमिटेड, साकेत कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाण्डौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

Visited 1 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्