काठमाडौँ १८ फागुन २०७९-ईन्फोडेवलपर्स प्रा. लि. र नेपाल क्लियरिङ्ग हाउस ९एनसीएचएल० बीच ईन्फोडेवलपर्स सँग आबद्ध सहकारी संस्थाहरुले आफ्नो बैंक तथा वित्तीय संस्थाहरुमार्फत एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरु प्रयोग गरी भुक्तानी कारोबारलाई डिजिटाइज गर्ने कार्यलाई सहजीकरण गराउने सहकार्यको लागि सम्झौता भएको छ।सम्झौता पत्रमा ईन्फोडेवलपर्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
उक्त सहकार्यको सम्झौता पश्चात ईन्फोडेवलपर्सको कोरसिस्टम प्रयोग गरीरहेका विभिन्न सहकारी संस्थाहरुले आफ्ना क, ख र ग वर्गका बैंक वित्तीयसंस्थाहरुमा रहेको खातामा सजिलै रकम प्राप्त गर्न सकिने र त्यसै गरी खाताबाट नै आफ्नो सेटलमेन्ट बैंकमार्फत बैंक वित्तीय संस्थामा रहेको हितग्राहीको खातामा सजिलै फण्ड ट्रान्सफर तथा अन्य भुक्तानीहरु गर्न सकिने व्यवस्था मिलाइने छ।उक्त सेवाहरुलाई सहकारी संस्थाहरुले उपलब्ध गराएको मोबाईल बैंकिङ्ग एपमार्फत पनि विस्तार गर्न सकिनेछ।विद्युत्तिय भुक्तानी कारोबारको दायरा फराकिलो गरी थप ग्राहक समुहमा बैंकिङ्ग पहुँच पुर्याउन यस एनसीएचएल र ईन्फोडेवलपर्सको सहकार्याताले थप टेवा पुर्याउने अपेक्षा गरिएको छ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुमा हाल ५५ सदस्य बैंक वित्तीयसंस्थाहरु आबद्ध छने् भने अन्य पिएसपी र पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ८०भन्दा बढी गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट र प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।ईन्फोडेवलपर्स प्रा. लि.ले सहकारी संस्थाका साथै विभिन्न सरकारी तथा अर्ध सरकारी, लघुवित्त, शेयरमार्केट लगायतका विभिन्न संस्थाहरुलाई कोरसिस्टम प्रदान गरी डिजिटल माध्यमबाट भुक्तानी कारोबारहरु गर्न मद्दत पुर्याउँदै आएको छ।



bankbima











तपाईको प्रतिक्रिया दिनुहोस्