काठमाडौं ०२ चैत्र २०७९- आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे ’र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारवीच युनिमनीको“सेन्ड मनी अन्लाईन एन्ड विन बिग”क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा समझ्दारी भएको छ ।विन बिग क्याम्पियनमा सम्पुर्ण सेवाग्राहीहरू युनिमनि कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टल www.unimoni.qa” मार्फत आइएमईमा पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले IPHONE 14 PRO,५ जना विजेताले SAMSUNG GALAXY S22 Ultra साथै ३० जना सेवाग्राहीहरूले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नेछन् ।
सोही क्याम्पेनको अवधि १५मार्च २०२३देखि १५ मे २०२३(०१ चैत, २०७९ देखि जेठ ०१, २०८०)सम्म जम्मा ६२ दिनका लागि लागु हुनेछ ।उक्त क्याम्पेनसँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पे वालेटमा रू. ५० सम्मको बोनस सुविधा यथावत नै रहनेछ ।अनलाइन च्यानलहरुको प्रवद्र्धन गर्नको लागि तयार पारिएको सो क्याम्पेनको विजेता घोषणा विद्युतीय माध्यमबाट छनोट हुनेछ ।


bankbima









तपाईको प्रतिक्रिया दिनुहोस्