काठमाडौँ १५ फागुन २०७९-ज्योति विकास बैंकको १५ औं वार्षिक साधारण सभा फागुन १४ गते आइतवार भद्रकाली स्थित त्रिभुवन आर्मी अफिसर्सक्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्त्वमा सम्पन्न भएको छ।वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था समेत गरिएको थियो ।उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७८ र७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर तथा ३।८प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।बैंकले ३ प्रतिशत बोनश शेयर पारित गरे पश्चा त्बैंकको चुक्ता पूँजी रू। ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार पुगेको छ।
बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८ र ७९ कोसञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्त सम्मको वासलात, नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुकासाथै बैंकको प्रबन्ध पत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ।साथै, सभाले बैंकको आ।व। २०७९र ८०को लेखा परिक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लि। कोआ।व। २०७८ र ७९ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।


bankbima









तपाईको प्रतिक्रिया दिनुहोस्