राष्टिय खाद्यय बैंकको दोश्रो बार्षिक साधारणसभा सम्पन्न

DaksuMedia bankbima
|
२०७९ माघ ३

काठमाडौँ ०३ माघ २०७९-“पोषिलो आहारको लागिदिगो कृषिउत्पादन, हाम्रो अभियान”भन्ने नाराका साथ स्थापना भएको राष्ट्रिय खाद्य्य बैंकको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार काठमाण्डौको तीनकुने स्थित रोयल ब्याङक्युटमा एक समारोहबीच दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको हो । सो बार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै पूर्व स्वास्थ्यमन्त्री तथा शिक्षावीद उमेश श्रेष्ठले सरकारले गर्नुपर्ने काम खाद्यय बैकले गरेको बताए । उनले भने–“खाद्यय बंैकले सह«ानीय कार्य थालेको छ । त्यसकारण पनिम यस संस्थासँग जोडिएको छु । यस संस्थाले व्यवस्थापकीय रुपमा सवल भएर अघि बढ्न सके ठुलो उपलब्धी हासिल गर्ने देखेको छु ।” सो अवसरमा उनले खाद्य्य बैंकले एक पालिका एक उत्पादनमा जोड दिएर अघि बढ्नुपर्ने बताए ।

खाद्य सुरक्षाको विषयमा सरकारले ध्यन दिन नसके पनि खाद्यय बैकले पहल कदमी लिएको उनले बताए । पूर्वमन्त्री श्रेष्ठले कृषि क्षेत्रलाई विचौलियाहरुले विकृत बनाएको र उनीहरु मात्रै धनी भएको बताए । उनले कृषि क्षेत्रको लागि भण्डारणको जरुरत रहेको बताए ।साधारण सभामा बोल्दै राष्टिय खाद्यय बैकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले आफुहरुको सापनाले मुर्तरुप लिन थालेको बताए । उनले २ बर्षको दौरानमै संस्था ३० लाख नाफा मागएको र आगामी बर्ष त्यसलाई अझै रफतारमा लगेर शेयर सदस्यहरुको मन जित्ने बताए ।

उनले भने “शेयर सदस्यहरुको लगानी सुरक्षा गर्ने, सीड मनिबाट बैंकलाई छोटो समयमा नै सवल बनाउने कुरामा आफुहरु सफल भएको बताए । रैथाले बालीहरु समाप्त हुँदै गएको, बजारमा पत्रु खानेकुराहरुले मानिसको स्वास्थ्यमा खराबी ल्याएको उनले बताए । उनले स्वदेशी उत्पादनलाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्ने, खानपान संस्कृति परिवर्तन गर्नुपर्ने बताए । त्यसैगरी अध्यक्ष उप्रेतीले खाद्यय बैंकले आफना कृषि उत्पादन ४ वटा प्रदेश अन्र्तगतको २३ ओटा जिल्लाबाट गरिरहेको र आगामीदिनहरुमा ७ओटै प्रदेशबाट अग्यानिक कृषि उपज उत्पादन माखाद्य्य बैंक लागि पर्ने बताएका छन् ।

खाद्य्य बैंकको साधारण सभामा बैंकका सल्लाकार दुर्गा बहादुर थापा, मधेश प्रदेशबाट पूर्व सांसद जयरामदहाल, काँग्रेस नेतृ सिर्जना सिंह, गण्डकी प्रदेशबाट योगेन्द्र नारायण शाह, लुम्बिनी प्रदेशबाट दुर्गानाथ गौतम, कर्णालीबाट पद्मा खड्का, प्रा.डा जिवनाथ धिताल लगायतका अतिथिहरुले कृषि क्षेत्रको विकास र विस्तारमा सरकारले यथेष्ट ध्यानदिनु पर्ने अभिमत प्रकट गर्दै राष्टिय खाद्यय बैंकले चालेको कदमको सह«ाना गरेका थिए ।

साधारण सभाको अध्यक्षता बैंकका अध्यक्ष शंकर नाथ उप्रेतिले गरेका थिए भने स्वागत मन्तब्य प्राडा मोहन प्रसाद पन्थीले गरेका थिए । कार्यक्रमको सञ्चालन कृषि पत्रकार अशिम सापकोटाले गरेका थिए ।

Visited 3 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्