मेटलाइफ नेपाल पनि अब एनपिएसमा आबद्ध, ग्राहकहरुलाई भुक्तानी प्राप्त गर्न थप सहज

DaksuMedia bankbima
|
२०७९ माघ १०

काठमाण्डौ १० माघ २०७९ –मेटलाइफ नेपालले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस(एनसीएचएल)को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचको लागि दुई संस्थाहरु बीच सम्झौता भएको छ । एनसीएचएलको नेटवर्कमा सबै जसो बैंक वित्तीय संस्थाहरु आबद्ध भएकाले उक्त सम्झौता पश्चात मेटलाइफका ग्राहकहरुलाई प्रिमियम भुक्तानी गर्न तथा मेटलाइफबाट भुक्तानी प्राप्त गर्न पनि थप सहज हुनेछ । त्यसैगरी मेटलाइफ नेपालल ेबीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, सर्वेयर भुक्तानी, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु स्वचालित रुपमा गर्न सक्नेछन् ।

सम्झौता पत्रमा मेटलाइफका तर्फबाट संस्थाका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुखकार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने —“हामी सधैँ आफ्ना ग्राहकहरुलाई थप सहज रुपमा सेवा प्रदान गर्ने उपायहरु गरिरहेका हुन्छौँ र नेपाल क्लियरिङ्ग हाउससँग भएको यस सम्झौताले हाम्रा ग्राहकहरुलाई प्रिमियम भुक्तानी गर्न थप सहज हुनेछ भने मेटलाइफबाट बीमा दाबी तथा अन्य भुक्तानी प्राप्त गर्न पनि छिटो र सहज हुनेछ”।

NPSअन्तर्गत एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको NPI मा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ८० भन्दा बढी गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

अमेरिकामा स्थापना भएको अमेरिकन लाइफइन्स्योरेन्स कम्पनीको शाखा र MetLife Inc को सहायक कम्पनीको रूपमा मेटलाइफ नेपाल सन् २००१ देखि नेपालमा सञ्चालनमा रहेको छ । नेपालमा, मेटलाइफले ग्राहकहरु तथा व्यवसायहरूलाई जीवन बीमा, दुर्घटना र स्वास्थ्यबीमा, सामुहिक बीमा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

Visited 6 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्