प्रभु क्यापिटलले ल्यायो “९९९ मा आजीवन डिम्याट खाता”योजना

DaksuMedia bankbima
|
२०७९ पुष १७

काठमाडौं  १७ पुस २०७९-प्रभु क्यापिटलले हालको ९९९ डिम्याट स्किममा थप विशेषता थपी“प्रभु क्यापिटलको ९९९ आजीवन डिम्याट खोलौ तथा बीमाको समेत सुरक्षा पाऔं”भन्ने स्लोगन सहित“९९९ आजीवन डिम्याट खाता”योजना सार्वजनिक गरेको छ । ग्राहकहरुलाई वार्षिक डिम्याट नविकरणको झन्झट हुने समस्यालाई राहत दिन क्यापिटलले यो योजना ल्याइएको जनाएको छ ।डिम्याट खातावालले हालडिम्याट खाता नवीकरण गर्न प्रत्येक वर्ष रु. १०० नवीकरण शुल्क बुझाउनु पर्ने रहेका छ अन्यथा खाताफ्रिज हुने यावत् समस्याले कारोबार गर्दा क्लोज आउटमा परी जरिवाना तिर्नुपर्ने अवस्था भोग्नु पर्ने हुन्छ ।

सोही समस्याको हल स्वरुप प्रभु क्यापिटलले यो योजना ल्याएको हो,जुन नयाँ तथा पुराना सबै ग्राहकहरुमा मान्य हुनेछ ।१ जनवरी, २०२३ बाट शुरु भएकोे यस योजनामा हितग्राहीले एक पटक ९९९ रुपैयाँ शुल्क तिरेर क्यापिटलबाट आजीवन डिम्याट नवीकरणको सुविधा पाउनुका साथै निजले १ वर्षको अवधिमा १ लाख बराबरकोAccident Insurance पनि पाउने क्यापिटलले जनाएको छ ।

यो योजनाले सक्रिय रुपमा पूँजीबजारमा लाग्ने हितग्राहीलाई डिम्याट खातानवीकरणका झन्झटबाट राहत दिलाउने तथा नयाँ लगानीकर्तालाई दीर्घकालीन रुपमा भित्रायाउनमा सघाउ पुरयाउने छ । यो डिम्याट खाता देशविदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ । यसमा व्यक्तिले अनलाईन रिक्वेस्ट गर्दा Video KYC वा In Appverification छनौट गरी आफ्नो अनुकूलता अनुसार समय लिई तुरुन्तै अनलाईन डिम्याट खाता खोल्न सक्नेछन् ।

Visited 5 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्