काठमाडौं २९ पुस २०७९ -नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आ.व. २०७८÷७९ कोआफ्नो एघारौं वार्षिक साधारण सभा पौष २८ मा होटेल क्राउनइम्पेरियल, काठमाडौमा सम्पन्न गरेको छ ।बैठकले ३८%बोनस शेयर वितरण गर्ने तथा बोनस शेयरको कर प्रयोजनका निम्ती २% नगद लाभांश वितरण गर्न निर्णय गरेको छ ।यस पश्चात कम्पनीको चुत्ता पुँजी रु.७८३,३७५,७६८ बराबरको हुनेछ ।
कम्पनीले पूँजीवृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने,जोखिम व्यवस्थापनलार्इ सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीच अन्र्तगतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार विस्तार गर्न उक्त पूँजी प्रयोग गर्नेछ ।
आ.व. २०७८÷७९ माकम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या ५७% ले बृद्धि भएसँगै कम्पनीको खुद नाफा ४०%ले बृद्धी भएको छ ।आर्थिक वर्षको अन्त्यमा जम्मा इक्विटीमा २४.५% प्रतिफल प्राप्त गर्न सफल भएको छ भने नेटवर्थ प्रति शेयर रु.२५५ कायम भएको छ ।
नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकहरु,विकास बैंकहरु र फाइनान्स कम्पनीहरु मार्फत प्रवद्र्धित यस कम्पनीमा नेपाल राष्ट्र बैंकको १०%र बैंक तथा वित्तीय संस्थाहरुको ९०%स्वामित्व रहेको छ । राष्ट्रिय स्तरको भुक्तानी तथा राफसाफको प्रणाली स्थापना तथा सञ्चालन गर्ने यस कम्पनीले NCHL-ECC, NCHL-IPS र RPS लगायतका भुक्तानी प्रणालीहरु मार्फत आ.व. २०७८÷७९माकुल१५७.५ खर्ब बराबरको ७.०४ करोड भुक्तानी कारोबारहरु राफसाफ गरेका ेथियो ।
कम्पनीले connectIPS, CORPORATEPAY, connectRTGS, National Payments Interface (NPI)तथा National Payment Switchअन्र्तगत Retail Payment Switch (RPS) र NEPALPAY QRलगायतका विभिन्न च्यानल प्लेटफर्महरु पनि प्रदान गर्दै आएको छ । आ.व. २०७८÷७९मा ५९ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ६,२१२ शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भन ेकम्पनीमा ७३ गैर–बैंकिङ संस्थाहरु Indirect/Technical Member को रुपमा आवद्ध छन् ।



bankbima










तपाईको प्रतिक्रिया दिनुहोस्