|
२०७९ माघ ६
काठमाण्डौ ०६ माघ २०७९-लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलले दरम खोला हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने रु. १०० रुपैयाँ अंकित दरमा ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्रीप्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुखकार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जीलिमिटेडको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका छन् ।
दरम खोला हाइड्रो इनर्जी लिमिटेडको बाग्लुङ्गको गलकोट नगरपालिका वडा नंं.११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माणाधिन ८० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।
Visited 6 times, 1 visit(s) today



bankbima











तपाईको प्रतिक्रिया दिनुहोस्