काठमाण्डौ २५, मंसिर २०७९-सेल्सवेरी डिपार्टमेन्ट स्टोरका ग्राहकहरुले अब NEPALPAY QR स्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतमरु १०० सम्मको)क्यास ब्याक प्राप्त गर्न सक्दछन् । क्यासब्याकको अफर नेपाल भरीका salesberry का शाखाहरुमा मंसिर २५ देखि पौष ३०गते सम्म उपलब्ध हुनेछ । Dynamic QR को रुपमाहालै उक्त डिपार्ट्मेन्ट स्टोरमा उपलब्ध भएको nepalpay QR ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्दछन् ।Salesberry मा NEPALPAY QRको सेवा हिमालयन बैंक तथा MoCoफोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो।देशको सबै भन्दा ठूलो रिटेल स्टोरमध्यको एक यस स्टोरमालागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।
हाल NEPALPAY QRको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपालक्रेडिट एण्ड कमर्स बैंक, एनआइसीएसिया, सानिमा बैंक, सनराइज बैंक, गरिमाविकास बैंक, कामना सेवाबिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, CellPay, MORUर कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थामा पनि चाँडै नै उपलब्ध हुने छ ।भुक्तानी गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट एपकोQR scan screenमा NEPALPAY को लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।


bankbima











तपाईको प्रतिक्रिया दिनुहोस्