सिटी एक्सप्रेसको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न, रायमाझीलाई “५ तोला सुन”

DaksuMedia bankbima
|
२०७९ मंसिर २१

काठमाडौं २१, मंसिर २०७९ सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं स्थित होटल अलफ्टमा“बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ”योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छ ।“बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ”योजन ाअन्तर्गत मेगा बम्पर उपहार साउदी अरब बाट रेमिटान्स पठाउने जिवन रायमाझीलाई “५ तोला सुन”,यु के बाट रेमिटान्स पठाउने नुना गुरुङलाई १ तोला सुन , कोरिया बाट रेमिटान्स पठाउने रीना कुमारी तामाङलाई १ तोला सुन , मलेशिया बाट रेमिटान्स पठाउने पुरण रोकालाई १० तोला चांदी , जापान बाट रेमिटान्स पठाउने रबिन्द्र मानन्धरलाई १० तोला चांदी , कुवेत बाट रेमिटान्स पठाउने सुनिता दराईलाई १० तोला चांदी हस्तान्तरण गरेको छ ।


उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदी स्थित टेलिमनी बैंकका प्रमुख खालेद अल ब्राहिम , नेपाली चर्चीत नायिका पूजा शर्मा, नेपाल इन्भेस्ट्मेन्ट बैंकका उपमहाप्रबन्धक बिजेन्द्र सुवालको उपस्थिती रहेको थियो ।सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चल्ने “बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ”उपहार योजना घोषणा गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई१० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्परर अन्त्यमा एक जना भाज्ञशाली मेगाबम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने योजनामा रहेको थियो ।जसअन्तर्गत १००८ जनाले दैनिक उपहार (आकर्षक गिफ्ट ह्याम्पर) , ९जनाले साप्ताहिक उपहार (१०÷१० तोलाचाँंदी)र २ जनाले मासिक उपहार (१÷ १तोला सुन ) जित्न सफल भएका छन्। उ

क्त योजना भदौ १५ देखी कार्तिक १५ गते सम्म चलेको थियो ।सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

Visited 8 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्