|
२०७९ पुष ३
काठमाडौं ३ पुस २०७९- बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आइतवार सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालयमा भएको शेयर बाँडफाँटमा ५१ हजार ५२२ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्।
मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाको माध्यमबाट वितरण गरिएको हो । रितपूर्वक आवेदन दिएका ११ लाख ९२ हजार ४९४ जनालाई बाँडफाँटमा सहभागी गराई भाग्यमानी ५१ हजार ५२२ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । कम्पनीले मंसिर २१ गतेदेखि २६ गतेसम्म सर्बसाधारणलाई आईपिओ निष्काशन गरेको थियोे ।
Visited 9 times, 1 visit(s) today



bankbima











तपाईको प्रतिक्रिया दिनुहोस्