कामना सेवा विकास बैंकद्वारा एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ

DaksuMedia bankbima
|
२०७९ पुष ४

काठमाडौं ४ पुस , २०७९ – कामना सेवा विकास बैंकले सर्व सुलभ तथा अत्याधुनिक बैकिङ सेवा प¥याउने उद्देश्यका साथ एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ ।

बैंकले मिति २०७९ साल पौस ०१ गते शुक्रबारबाट औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड (SCT-UPI Debit Card) सेवा सुचारु गरेको हो ।बैंकका नायव महाप्रबन्धक लाल बहादुर थिङ्गज्यू र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुको संयुक्त रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवाको अनावरण गरि सेवा शुभारम्भ गरेका थिए ।

कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत बिकाश ढुङ्गाना उच्च पदस्थ कर्मचारीहरूका साथै संचारकर्मीहरूको उपस्थिती रहेको थियो ।यस पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच एससीटी–युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य भएको छ । बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । साथै,SCT सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र ATM, POSK एप जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने बैंकले जनाएको छ ।

Visited 8 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्