अपर तामाकोशीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष नियुक्त

DaksuMedia bankbima
|
२०७९ मंसिर २७

काठमाडौं २७ मंसिर , २०७९ -अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको १:१को अनुपातमा अर्थात (१ कित्ता शेयरबराबर १ कित्ता शेयर) का दरले साबिकका शेयर धनीहरूलाई जारी गर्न लागेको प्रतिशेयर रु१०० का दरले हुने१०‚५९‚००‚०००कित्ता हक प्रद साधारण शेयरको हुने रकम रु१०‚५९‚००‚००‚०००र( अक्षरेपी दश अर्ब उनान्साठ्ठी करोड मात्र) बराबरको हक प्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सेवाको लागि नागरिक लगानी कोषलाई नियुक्त गरेको छ।

नागरिक लगानी कोष र अपर तामाकोशी हाइड्रोपावर लिमिटेड बीच हक प्रदशेयर निष्काशन तथा विक्रीप्रबन्ध सेवा प्रदान गर्नको लागि मिति २०७९ साल मंसिर २६गते दुइ पक्षिय सम्झौता–पत्रमा हस्ताक्षर भएको छ।

नागरिक लगानी कोषले आफु मुख्य निष्काशन तथा विक्रीप्रवन्धक भई सनराइज क्यापिटल लिमिटेड‚ कमलपोखरीलाई सहनिष्काशन तथा विक्रीप्रवन्धकको रुपमा नियुक्त्त गरेको छ।

Visited 6 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्