सानिमा बैंकको शाखा अब सीतापाइलामा

DaksuMedia bankbima
|
२०७९ कार्तिक २७

काठमाडौं २७ कार्तिक २०७९।

सानिमा बैंक लिमिटेडले काठमाडौंको सीतापाइलामा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। सीतापाइला शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा गरेका छन्।

उद्घाटन् समारोहमा अध्यक्ष पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै सीतापाइला शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिनुका साथै अन्य स्थानहरुमा पनि शाखा विस्तार गर्दै ग्राहकले पाउने सेवा सुविधा बढाउँदै जाने लक्ष्य लिएको बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा सद्भावका लागि कृतज्ञता व्यक्त गरे। सानिमा बैंकको देशका सातै प्रदेशमा १३० कार्यालय र १२२ वटा एटीएम सञ्चालनमा छन्।

Visited 7 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्