|
२०७९ मंसिर ५
काठमाण्डौ ५ मंसिर २०७९ -प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेको आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट भएको छ ।
भेटका अवसरमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको थियो। राज्यमन्त्री ताकेइले नेपालमा मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रक्रियाको प्रशंसा गरेका थिए भने प्रमुख आयुक्त थपलियाले पनि निर्वाचन अवलोकन गरेकामा जापानी प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गरेका थिए ।
Visited 5 times, 1 visit(s) today


bankbima










तपाईको प्रतिक्रिया दिनुहोस्