काठमाडौं ११ मंसिर २०७९-नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको डडेलधुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्युको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको डडेलधुरा कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्धभै बीमा ब्यबसाय गर्दै आउनु भएका अभिकर्ताहरुलाइ अझ बढी ब्यवसायिक बनाउदै वहाँहरुको जिवनस्तरमा सकारात्मक परिबर्तन गर्ने र कम्पनीको ब्यवसाय समेत प्रबर्द्धन गर्दैलै जाने नीति अनुरुप कम्पनीले यश प्रकारको कार्यक्रमहरु सुदुरपश्चिमद प्रदेशबाट सम्पन्न गर्दै आइरहेको र सोही क्रममा मङ्सिर ७ गतेमहेन्द्रनगरमा ८ गतेधनगढीमा र मङ्सिर ९ गते डडेलधुरामा योद कार्यक्रम आयोजना गरिएको बताए।
कम्पनीका मार्केटिङ बिभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाइ बीमा बिक्रयकला सम्बन्धमा प्रशिक्षण दिएका थिए।कर्यक्रममा उत्कृष्ट ब्यबसाय गरि डडेलधुरा शाखाबाट चेयर पर्सन क्लबमा छनौट भएका अभिकर्ताहरुलाइ प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान पत्रबाट सम्मान गरेका थिए।
कम्पनीको डडेल्धुरा शाखा प्रमुख कृष्ण दत्त पन्तको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम एजेन्सी बिभाग प्रमुख सुशील प्रताप राणाले धन्यबाद ज्ञापन गरेका थिए।



bankbima











तपाईको प्रतिक्रिया दिनुहोस्