कनेक्ट आइपीएसले ल्यायो वीन्टर अफर

DaksuMedia bankbima
|
२०७९ कार्तिक ३०

काठमाण्डौं ३० कार्तिक २०७९ ।
connectIPS ले बैंक खातामा आधारित भुक्तानीहरुलाई थप प्रोत्साहन गर्न ‘Winter Offer’ ल्याएको छ । उक्त अफर अन्तर्गत मङ्सिर १ गतेदेखि माघ २९ गते सम्म प्रयोगकर्ताहरुले connectIPS मा रजिष्टर गर्दा तथा भुक्तानी गर्दा विभिन्न फाइदाहरु प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले connectIPS मा नयाँ युजर बनाउँदा आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बरमा रु २५ को रिचार्ज प्राप्तगर्न सक्नेछन् भने नयाँ युजरले पहिलो पटल मोबाइल रिचार्ज वा बिजुलीको बिल भुक्तानी गर्दा खातामै रु २५ क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन् । त्यसै गरी connectIPS प्रयोगकर्ताले इन्टरनेटको बिल भुक्तानी गर्दा रु १०० क्यासब्याक प्राप्त गर्नेछन् भने हरेक महिना ५ भाग्यशाली विजेताले निःशुल्क वार्षिक subscription (अधिकतम रु १५,००० सम्म) समेत प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले connectIPS मोबाइल एप डाउनलोड गरी वा www.connectips.com मागई नयाँयुजर बनाउन सक्नुहुन्छ र एक पटकको भेरिफिकेसन पश्चात एक वा सो भन्दा बढी बैंक खातालिन्क गरी अन्लाईन सेल्फ भेरिफाइवा सम्बन्धित बैंक वित्तीय संस्थामार्फत एक पटक भेरिफाइगराउनुपर्ने हुन्छ ।

connectIPS क्बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खातालिन्क गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो । connectIPS को वेब मार्फत प्रति कारोबार रु २० लाखसम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाखसम्मको भुक्तानी गर्न सकिन्छ । यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुलफी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ ।

connectIPS फण्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म ल्एक् अन्तर्गतको रिटेल पेमेन्ट स्विच मार्फत सञ्चालनमा रहेको छ । अयललभअतक्ष्एक् मार्फत चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ५७ सदस्य बैंक वित्तीय संस्था मार्फत रु. १,१५० अर्ब बराबरको १ करोड ५० लाखभन्दा बढी भुक्तानी कारोबार फछर््यौट भइसकेको छ ।

Visited 4 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्