महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक छुटको योजना

DaksuMedia bankbima
|
२०७९ कार्तिक १

काठमाडौं १, कात्तिक २0७९ महालक्ष्मी विकास बैंकले बिशेष (महा बचत) खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ ।यस योजना अन्तर्गत कार्तिक र मंसिर महिनामा महाबचत खाता खोल्ने ग्राहकहरुले लकर सेवाको बार्षिक शुल्क (प्रथमवर्ष)मा शतप्रतिशत छुट प्रप्त गर्न सक्नेछन् ।

बैंकका दरबारमार्ग, पुतलिसडक, न्यूरोड (काठमाडौं), भैरहवा र न्यूरोड (कास्कीं) शाखाकार्यालयहरुमा लकरको सुविधा रहेको छ ।हाल उपलब्ध लकर संख्या सिमित रहेकाले ग्राहकको खाता खोलिएको क्रमर ग्राहकको आवश्यकता अनुसार लकर सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत खोलिने महा बचत खातामा लकर सुविधामा आकर्षक छुटका साथ साथै बचत खाताहरु मध्येकै सबैभन्दा उच्चतम(१० प्रतिशत)व्याजदर, निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङ लगायतका अन्य सुविधाहरु रहेका छन् ।विगत देखिनै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिनप्रतिवद्घ रहिआएको यस बैंकले आमग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता तथा अपेक्षालाई मध्यनजर गर्दै लकर योजना सञ्चालनमा ल्याएको हो ।

Visited 4 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्