काठमाण्डौ ३० भदौ २०७९
ग्लोबल आइएमई क्यापिटल लिमिटेड(जीआईसीएल)ले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस(एनसीएचएल)कोभुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचको लागि सम्झौता भएको छ । सम्झौता पत्रमा जीआईसीएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
जीआईसीएलले विगत ६वर्ष देखि प्राविधिक सदस्यको रुपमा एनसीएचएल आइपिएस प्रणालीको प्रयोग गर्दै आएको छ । एनपिएसकोउक्त सम्झौता पश्चात जीआईसीएलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस सँग जोडी एनपिएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ जस मार्फत डिभिडेण्ड भुक्तानी, डिपीको शुल्क संकलन, ट्रेड तथा म्युचल फण्ड सम्बन्धी भुक्तानी लगायत आफ्ना विभिन्न प्रकारका भुक्तानी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरुबीच सोझै गर्न सक्नेछन । पहिलो चरणमा जीआईसीएलले रिक्वास्ट टु पे डाइरेट डेविट अन्तर्गत विभिन्न संकलन तथा डिभिडेण्ड सम्बन्धी भुक्तानीहरुको कारोबारको थालनी गर्नेछ ।
एनसीएचएलका विभिन्नभुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमाविकास गरिएको एनपीआइ मा हाल ५९सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी÷ पिएसओ, रेमिटेन्सकम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथाअर्ध–सरकारी संस्थाहरु लगायतका ७३ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।
ग्लोबल आइएमई क्यापिटल (जीआईसीएल) मर्चेन्ट बैंकिङ सम्बन्धी कार्यसञ्चालन गर्न इजाजतपत्र प्राप्त संस्था हो । ग्लोबल आईएमई बैंक लिमिटेडको एक सहायक कम्पनीको रूपमा सन् २००८ देखि जीआईसीएलले निष्कासन व्यवस्थापन, शेयर रजिष्ट्रार, अन्डरराइटिङ, पोर्टफोलियो व्यवस्थापन, सम्पत्ति व्यवस्थापन, निक्षेप सहभागी र कर्पोरेट सल्लाहकारलगायत सेवाहरू प्रदान गर्दै आएको छ । जीआईसीएलले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र ग्राहकलाई थप सुविधा प्रदान गर्न नवीनतम प्रविधिको प्रयोग गर्दै आएको छ भने एनसीएचएल सँगको यस सहकार्यले कम्पनीको सेवा प्रवाह थप सुदृढ हुने अपेक्षा गरिएको छ।



bankbima











तपाईको प्रतिक्रिया दिनुहोस्